शनिबार, भदौ ६, २०८३

भारतले खाेल्याे धार्चुला-लिपुलेक सडक

भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवर सडकको उक्त खण्डको शुक्रबार नयाँदिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं- भारतले धार्चुलादेखि लिपुलेकसम्म सडक खाेलेकाे छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवर सडकको उक्त खण्डको शुक्रबार नयाँदिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्।

नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेक पछिल्लो समय भारतले आफ्नो दाबी गर्दै आएको छ। केही समयअघि लिपुलेकलाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको थियो।

त्यसपछि नेपाली भूमि मिचिएको भन्दै नेपालमा विरोध भए पनि कूटनीतिक तहबाट समस्या समाधान भइसकेको छैन। नेपाली पक्षले लिपुलेक आफ्नो भूमि भन्दै आएको छ। भारतले त्यहाँ अहिले एकपक्षीय रुपमा सडक बनाउन थालेको हो।

याे सडक भारतको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ। सडक बनेपछि कैलाश मानसरोवर यात्रा गर्न सहज हुने भारतीय पक्षको दाबी छ। रक्षामन्त्री सिंहले सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवाद  दिएका छन्।

प्रकाशित: May 08, 2020| 14:10 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।