शनिबार, भदौ ६, २०८३

सांसदहरुमा देखिएन कोरोना

संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं- संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ।

संसदीय संसद सचिवालयका अनुसार स्वास्थ्य प्रयोगसाला टेकुले सबैको रिपोर्ट तयारी पारिसकेको छ। उनीहरुको रिपोर्ट संसद भवनकै अगाडि वितरण गरिनेछ।

विहीबार संघीय संसद भवनमा ४ सय ४१ जनाको स्वाब लिइएको थियो।

जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक थिए।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै संकलन गरिएको छ। उनीहरुको रिपोर्ट आजै साँझसम्म आउने जनाइएको छ।

प्रकाशित: May 08, 2020| 13:05 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।