शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाठ्यपुस्तक नफेर्ने र सबैलाई अपग्रेडिङ गर्ने प्याब्सन र एन–प्याब्सन पर्साको निर्णय

पाठ्यपुस्तक नफेर्ने र सबैलाई अपग्रेडिङ गर्ने प्याब्सन र एन–प्याब्सन पर्साको निर्णय

पर्सास्थित निजी विद्यालयका दुई संगठन प्याब्सन र एन–प्याब्सनले यस वर्ष गत वषैकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरेका छन्। दुई संगठनको संयुक्त अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

पर्सास्थित निजी विद्यालयका दुई संगठन प्याब्सन र एन–प्याब्सनले यस वर्ष गत वषैकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरेका छन्। दुई संगठनको संयुक्त अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।

साथै नर्सरीदेखि कक्षा ७ सम्मका सबै विद्यार्थीलाई अपग्रेडिङ गर्ने निर्णय दुवै संगठनले गरेका छन् । संयुक्त बैठकको निर्णय अनुसार कोरोना संक्रमणका कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर गर्दै गत वर्षकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरिएको प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले बताए।

तर नर्सरीदेखि कक्षा १ सम्मको हकमा भने यो निर्णय लागू नहुने एन–प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरीले जानकारी दिए। पाठ्यपुस्तकमै गृहकार्य गर्नुपर्ने हुँदा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई भने नयाँ पाठ्यपुस्तक नै चाहिने चौधरीले बताए। यस्तै सरकारले कक्षा १ र ११ को पाठ्यपुस्तक परिवर्तन गरेकाले १ मा जाने विद्यार्थीका अभिभावकले नयाँ पाठ्यपुस्तक खरिद गर्नुपर्ने चौधरीले बताए।

साथै सो संयुक्त बैठकले परीक्षा हुन बाँकी रहेको नर्सरीदेखि कक्षा सातसम्मका सबै विद्यार्थीहरुलाई अपग्रेडिङ गर्ने पनि निर्णय गरेको छ । परीक्षा बाँकी रहेका विषयमा विद्यार्थीले यसअघि लिएका परीक्षामा प्राप्त गरेको अंकको आधारमा अंक दिने निर्णय भएको प्याब्सन अध्यक्ष साहले बताए।

यसै निर्णयअनुसार आगामीे सबै विद्यालयलाई विद्यार्थी अपग्रेडिङ गरिएकोबारे डिजिटल प्रविधि वा फोन मार्फत जानकारी दिन निर्देशन दिएको साहले बताए। अभिभावकहरुले आफ्ना विद्यार्थीको नतिजा अर्थात् मार्कसिट वा ग्रेडसिट भने विद्यालय खुलेपछि मात्र बुझ्न पाउनेछन्।

प्रकाशित: May 08, 2020| 11:43 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।