सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेताहरुसँग छलफलमा जुटेका छन्।
पार्टीको सचिवालय र स्थायी समितिभित्र उत्पन्न विवाद बजेट अधिवेशनसम्मका लागि टरेपछि ओली संसदीय दलभित्रको रणनीति बनाउन जुटेका हुन्।
शुक्रबार बिहानैदेखि प्रधानमन्त्री ओलीले संसदीय दलमा रहेका आफू निकट नेताहरुसँग परामर्श गरिरहेका छन्। संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अनुसार बैठकमा बजेट अधिवेशनका विषयमा छलफल भइरहेको बताए।
तर, प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा ओली निकट नेताहरु नेम्वाङ, विष्णु पौडेललगायत मात्र सहभागी भएका छन्।
पूर्वमाओवादी र माधव नेपाल समूह एक ठाउँमा उभिएपछि ओली संसदीय दलमा पनि अल्पमतमा रहेका छन्। जसका कारण सरकारले ल्याउने नीति तथा कार्यक्रम पारित हुनमा पनि समस्या आउन सक्ने भन्दै ओलीले रणनीति बनाउन थालेको बुझिएको छ।
आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ।