शनिबार, भदौ ६, २०८३

चट्याङबाट २४ घण्टामा ६ जनाको मृत्यु

मनसुनपूर्वको यो मौसममा चट्याङको जोखिम धेरै हुने मौसमविदहरु बताउँछन्। बिजुली चम्केर गड्याङगुडुङ गर्दै पानी पर्न थालेपछि सुरक्षित रुपमा घरभित्रै बस्न उनीहरुको सुझाव छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

प्रिमनसुनसँगै चट्याङ पर्ने क्रम बढेको छ । पछिल्लो २४ घण्टा (बिहीबार) चट्याङबाट ६ जनाको मृत्यु भएको छ। दोलखा, पर्सा, बाँके र सप्तरीमा १–१ जना र रोल्पामा दुईजनाको मृत्यु भएको हो।

३ जना घाइते भएका छन्। मनसुनपूर्वको यो मौसममा चट्याङको जोखिम धेरै हुने मौसमविदहरु बताउँछन्। बिजुली चम्केर गड्याङगुडुङ गर्दै पानी पर्न थालेपछि सुरक्षित रुपमा घरभित्रै बस्न उनीहरुको सुझाव छ।

सरकारी तथ्याङ्कअनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ । प्रिमनसुनमा बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम उच्च हुन्छ। चट्याङ शक्तिशाली बिजुलीको धार हो ।

अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने

गर्मी महिनामा जमिन तातो भएपछि तातो हावा आकाशमा जाने र बादलभित्र हावा तलमाथि हुँदै गर्दा उत्पन्न हुने घर्षणपछि करेन्टको उत्पति हुन्छ।

वैज्ञानिक अध्ययनअनुसार एक पटक चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा त्योभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुन्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भइ प्रवाहित हुने बेला यसको संसर्गमा आउने मानिस वा अरु कुनै प्राणीको ज्यान जाने गर्छ।

प्रकृति र मौसमसँग सम्बन्धित हुने भएकाले चट्याङलाई टार्न सकिन्न।, तर यसबाट हुने नोक्सानीलाई भने कम गर्न सकिन्छ। नेपालमा चट्याङ परेका बेला घरभित्रै बस्नु नै चट्याङबाट जोगिने उत्तम उपाय भएको विज्ञ बताउँछन्।

कस्ता सावधानी अपनाउने ?

- खेतीपातीको चटारो पर्ने बेला चट्याङ पर्ने हुँदा खेतबारीमा काम गर्दा विशेष ध्यान दिनुपर्छ।
- रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन।
- मेघ गर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन।
- पौडी पोखरी र आसपासमा जानु हुँदैन।
- रुखको फेद र आसपासमा बस्नु हुँदैन।
- छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन।
- बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ।
- घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ।
- कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ। तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन।
- मेघ गर्जनसहित पानी परेको बेला जोखिम धेरै हुने भएकोले यस्तो बेला हिँडडुल गर्न हुँदैन।

प्रकाशित: May 08, 2020| 06:00 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।