शनिबार, भदौ ६, २०८३

नेकपा अध्यक्षद्वयमाथि स्थायी कमिटी छिटो डाक्न दबाब

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले पार्टीको स्थायी कमिटी बैठक बोलाउन नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं- सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले पार्टीको स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिने निष्कर्ष निकालेका छन्।

पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार अनौपचारिक छलफल गरी अध्यक्षद्वयलाई तत्काल बैठक डाक्न दबाब दिने निष्कर्ष निकालेको नेता हरिबोल गजुरेलले जानकारी दिए।

छलफलले अध्यक्षद्वलाई भेटेर बैठक डाक्न दबाब दिने जिम्मेवारी नेता भीम रावल र जनार्दन शर्मालाई दिएको छ। छलफलमा करिब २० जना स्थायी कमिटी सदस्य सहभागी थिए।

गजुरेलले जतिसक्दो छिटो स्थायी कमिटी बैठक बोलाउन माग गरेको जानकारी दिए। अर्का स्थायी कमिटी सदस्य गणेश साहका अनुसार तोकिएको मितिमा बैठक राख्न नसकेको भन्दै नेतृत्वको आलोचना भएको छ।

उनका अनुसार आजको निर्णयअनुसार नेताद्वय रावल र शर्माले पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाललाई भेट गरी तत्काल स्थायी कमिटी बैठक डाक्न दबाब दिनेछन्।

नेकपा स्थायी कमिटीको अनौपचारिक बैठक धुम्बाराहीमा

प्रकाशित: May 07, 2020| 17:22 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।