बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाग्यो कांग्रेसः पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

जाग्यो कांग्रेसः पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकमा उक्त कार्ययोजना प्रस्तुत गरिएको हो ।

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु, जिल्ला प्रशिक्षण शाखाका प्रमुख (जिल्ला उपसभापतिहरु) को संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

बैठकले ७७ वटै जिल्लाका छ हजार ७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले ७७ वटै जिल्ला र १३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखलाई निर्देशन दिए ।

बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राखेकाे सचिव आचार्यले बताए । रासस

प्रकाशित: Mar 05, 2020| 02:11 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।