शुक्रबार, भदौ २०, २०८२

किट सकिएपछि कर्णालीमा ‘ग्रुप र्‍यापिड टेष्ट’

बैशाख २० गते सुर्खेतको लेकवेशी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनालाई घर पठाइयो। जीवनज्योती मावि दशरथपुरको क्वारेन्टाइनमा रहेका उनीहरु १४ दिनपछि घर गए।
 |  बुधबार, वैशाख २४, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, वैशाख २४, २०७७

vianetvianet

सुर्खेत - बैशाख २० गते सुर्खेतको लेकवेशी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनालाई घर पठाइयो। जीवनज्योती मावि दशरथपुरको क्वारेन्टाइनमा रहेका उनीहरु १४ दिनपछि घर गए। तर, १४ दिनसम्म क्वारेन्टाइनमा बसे पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन। किनकी क्वारेन्टाइमा बसेका सबैको परीक्षणका लागि न नगरपालिकासँग आरडीटी किट थियो न त प्रदेश सरकारसँग नमूना परीक्षण गर्न आरएनए एक्ट्रयाक्सन किट नै। अन्ततः समूहका दुई जनामा र्‍यापिड टेष्ट गरेर घर पठाइयो।

Kumaribank

१४ दिनसम्म एउटै समूहमा बसेका कारण दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि नगरपालिकाले बाँकी ६ जनामा पनि कोरोना संक्रमित नभएको अनुमान गर्‍यो र घर पठायो। नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कर्ण आचार्यका अनुसार किट आएपछि मात्रै परीक्षण गर्ने सर्तमा सम्झाएर क्वारेन्टाइनमा बसेकालाई घर पठाइएको थियो।

सोही दिन सुर्खेतकै भेरीगंगा नगरपालिकाले पनि नौं जनालाई घर पठायो। तर, नौं जनामध्ये एकजनामा मात्रै र्‍यापिड टेष्ट गरियो। नगर स्वास्थ्य संयोजक राजेश बुढाले किट अभाव भएका कारण एक जनाको जाँच गरेर नौं जनालाई घर पठाउनु परेको बताए।

बैशाख २० गते नै सुर्खेतको खुल्लामञ्चस्थित क्वारेन्टाइनबाट एक सय ३४ जना विदा भए। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेका अनुसार सात जनाको ग्रुपका दरले र्‍यापिड टेष्ट गरेर विदा गरिएको हो। तर, कोरोना संक्रमितको आशंका देखिएका केहीको भने नमूना परीक्षण नै गरिएको थियो। व्यवस्थापन समिति पनि स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा कसैमा पनि कोरोना संक्रमण नभएको निष्कर्षमा पुग्यो।

विगत केही दिनदेखि कर्णाली प्रदेशमा आरडीटी टेष्टका लागि किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई ग्रुप र्‍यापिड टेष्ट गरेर घर पठाउने गरिएको छ। किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई ग्रुपमा र्‍यापिड टेष्ट गरेर घर पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ‘दश हजार किट माग्दा तीन हजार पायौं’, स्वास्थ्य निर्देशक रीता भण्डारीले भनिन्, ‘किट नआउँदासम्म ग्रुपमा टेष्ट गर्नुको विकल्प छैन।’

Metro Mart

पछिल्लो समय विभिन्न जिल्लाबाट गाउँ फर्किएकाहरुमासमेत र्‍यापिड टेष्ट गर्न गाह्रो भएको छ। ‘हप्तादिनमा किट आउला कि भन्ने हो, तर नेपालमै किट अभाव छ’, भण्डारीले भनिन् ‘जोखिम बढेकै बेला किटहरु खरिद गर्न समस्या भयो।’

प्रकाशित: May 06, 2020| 15:46 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।