बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै थप ७ जनामा कोरोना पुष्टि भएको जनाएको हो। भेरी अस्पताल नेपालगञ्जको प्रयोशलामा भएको परिक्षणमा ३ महिला, ३ पुरुष र एक बालिकामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु नेपालगन्ज ८ का २२, ३०, र ४० वर्षीय पुरुष छन् भने ३२, ३४ र ५५ वर्षीय महिला छन्।
यस्तै ९ वर्षीया एक बालिकामा पनि संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संक्रमित सबै स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे मन्त्रालयले जनाएकाे छ।
नेपालगन्जमा आइतबारमात्रै १५ जना कोरोना संक्रमित भेटिएका थिए। आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।