बिहीबार, भदौ ४, २०८३

होली मनाउन दुई दिन सार्वजनिक बिदा

संघीय सरकारले पहाडका जिल्लाहरुमा फागुन २६ गते होलीको विदा दिएको छ ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

जनकपुरधाम– होलीको अवसरमा प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा एक दिनमात्र सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइन्छ । फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएको छ ।

संघीय सरकारले पहाडका जिल्लाहरुमा फागुन २६ गते होलीको विदा दिएको छ ।

प्रकाशित: Mar 02, 2020| 07:45 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।