शनिबार, कात्तिक २९, २०८२

कौन बनेगा करोडपतिको १२ औं सिजन सुरु हुँदै

भारतीय गेम रियालिटी सो 'कौन बनेगा करोडपति' को १२ औं सिजन छिट्टै प्रसारण हुने भएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं- भारतीय गेम रियालिटी सो 'कौन बनेगा करोडपति' को १२ औं सिजन छिट्टै प्रसारण हुने भएको छ।  जारी लकडाउनका कारण उक्त रियालिटी सो टेलिभिजनको पर्दामा केही समयपछि प्रसारण सुरु हुने कार्यक्रम सञ्चालक बलिउड सुपरस्टार अमिताभ बच्चनले बताएका छन्।

National life

यसका लागि यही मे ९ देखि आवेदन खुला गरिएको छ। यस पटक रजिस्ट्रेसनदेखि प्रतिस्पर्धीको भोटिङ सबै अनलाइनबाट हुन लागेको छ।

सोनी च्यानलले हालै इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेको छ। उक्त भिडियामा अमिताभ बच्चनले भनेका छन्, 'हरेक कुरामा ब्रेक लाग्न सक्छ,...तर सपना यस्तो चिज हो, जसमा कहिल्यै ब्रेक लाग्दैन।'

लकडाउनका कारण बलिउडका सबै काम बन्द भए पनि अमिताभ बच्चनले उक्त भिडियो घरमै सुटिङ गरेको बताइएको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2020| 13:38 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्