बुधबार, असोज २१, २०८३

कंगना अभिनित फिल्म 'थलाइवी' विवादित, एआइएडीएमके नेताको यस्तो छ आपत्ति

स्वर्गीय नेत्री तथा पूर्वमुख्यमन्त्री जयललिताको पार्टी अल इन्डिया अन्ना द्रविणा मुन्नेत्रा काझागाम (एआईएडीएमके) पार्टीका केही नेताले फिल्मका केही दृष्यमाथि आपत्ति जनाएका छन्। एआइएडीएमकेका नेता डी जयकुमारका अनुसार फिल्ममा केही तथ्य घटनालाई गलत तरिकाबाट देखाएको बताए।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

मुम्बई- यतिबेला बलिउड नायिका कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ प्रदर्शन भइरहेको छ। यो फिल्म दक्षिण भारत तामिलनाडुको पूर्वमुख्यमन्त्री तथा अभिनेत्री ‘जयललिता’को जीवनीमा आधारित छ। केही राम्रा प्रतिक्रिया पनि पाइरहेको यो फिल्म विवादमुक्त भने रहन सकेन।

स्वर्गीय नेत्री तथा पूर्वमुख्यमन्त्री जयललिताको पार्टी अल इन्डिया अन्ना द्रविणा मुन्नेत्रा काझागाम (एआईएडीएमके) पार्टीका केही नेताले फिल्मका केही दृष्यमाथि आपत्ति जनाएका छन्। एआइएडीएमकेका नेता डी जयकुमारका अनुसार फिल्ममा केही तथ्य घटनालाई गलत तरिकाबाट देखाएको बताए। 

‘यो फिल्म निकै मेहनतले बनेको छ। तर केही दृष्यलाई हटाइयो भने अझ राम्रो हुन सक्ने देखिन्छ,’ उनले भने। फिल्ममा एमजीआर र जयललिताबारे देखाएका केही दृष्य वास्तविक नभएको उनको दाबी छ। ‘यदि यी दृष्यलाई छोडेर हेर्ने हो भने फिल्म राम्रो बनेको छ। गलत कुरा हटाइए दर्शकले राम्रो प्रतिक्रिया दिनेछन्,' जयकुमारले भनेका छन्।  

फिल्मको एक दृश्यमा डा एम जी रामचन्द्रन (एमजीआर) द्रमुक पार्टीको सरकारमा मन्त्री पद माग्दै गरेको देखाइएको छ। तर उनको मागमा स्वर्गीय एम करुणनिधिले सहमत नभएको दृष्य पनि छ। जयकुमारका अनुसार एमजीआरले कहिल्यै पनि त्यस्तो पद नमागेको र त्यसबेला एमजीआर द्रमुकमा नै रहेका थिए। एमजीआरले नै पार्टीका संस्थापक नेता सी एन अन्नादुरईको नेतृत्वमा १९६७ को चुनावमा कांग्रेसलाई हराएर राज्यको शासन व्यवस्था हातमा लिएको थियो। भारतीय राजनीतिक इतिहासमा केन्द्रीय पार्टीलाई पराजित गरी शासन सत्ता हातमा लिने पहिलो क्षेत्रीय द्रमुक नै बनेको थियो। 

‘अन्नादुरईको मृत्युपछि पनि रामचन्द्रनले मन्त्री पद मागेको दृश्य फिल्ममा छ। वास्तवमा त्यतिखेर करुणानिधिले शासनको बागडोर सम्हालेका थिए। तर फिल्ममा देखाएइको यो दृश्य वास्तविक होइन,' जयकुमार भन्छन्, ‘एमजीआर उनै थिए जसले अन्नादुरईको मृत्युपछि मुख्यमन्त्रीको पदका लागि करुणानिधिले दाबी गर्नुपर्ने बताएका थिए। त्यसैले यो फिल्ममा देखाइएका सबै दृश्य सत्य छैनन्। यी दृष्य हटाएको भए राम्रो हुन्थ्यो।’

उनका अनुसार एमजीआरलाई थाहा नदिई जयललिता स्वर्गीय प्रधानमन्त्री इन्दिरा गान्धी र राजीव गान्धीको सम्पर्कमा रहेको दृश्य पनि फिल्ममा छ। फिल्मले जयललिता रामचन्द्रनविरुद्ध भएको देखाउँछ। तर यही फिल्मको अर्को दृश्यमा भने रामचन्द्रनले जयललितालाई महत्व नदिएको देखाइएको छ। तर त्यस्तो हुनै नसक्ने उनको दाबी छ। यसकारण पनि यस्ता अमिल्दा दृश्य हटाउनुपर्ने उनको माग छ। वेबदुनियाँबाट

प्रकाशित: Sep 11, 2021| 16:25 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।