शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • भारतीय फिल्म क्षेत्रका हस्ती अनलाइन कन्सर्ट गर्दै, ब्रायन एडम्स र मिन्डी केलिङको पनि प्रस्तुति रहने

भारतीय फिल्म क्षेत्रका हस्ती अनलाइन कन्सर्ट गर्दै, ब्रायन एडम्स र मिन्डी केलिङको पनि प्रस्तुति रहने

फेसबुकमा लाइभ हुने चार घण्टाको कार्यक्रममा विभिन्न कलाकारका प्रस्तुतिका साथै सेलेब्रिटीका सन्देश पनि प्रसारित हुनेछन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

दिल्ली-  कोभिड कोषका लागि चन्दा संकलन, फन्टलाइनमा काम गरिरहेकाप्रति सम्मान र आम दर्शकलाई मनोरञ्ज दिनका लागि भारतीय अभिनय, संगीत र खेल जगतका हस्तीहरुले अनलाइन कन्सर्ट गर्ने भएका छन्।

National life

इन्डिया टूडेका अनुसार २१ वैशाख साँझ भारतीय समय ७ः३० बजेबाट चार घण्टा फेसबुकमा लाइभ हुने उक्त कार्यक्रममा ८५ भारतीय र अन्तर्राष्ट्रिय सेलेब्रेटी सहभागी हुने भएका हुन्।

लकडाउनका बेला इन्टरनेटमा पहुँच भएका दर्शकलाई मनोरञ्जन प्रदान गर्न, महामारीका बेला अग्रमोर्चामा रहेर काम गरिरहेकाप्रति सम्मान प्रकट गर्न र भारत कोभिड १९ प्रतिक्रिया कोषलाई सहयोग गर्नका लागि फेसबुक र आई फर इन्डिया कार्यक्रमले साझेदारीमा कार्यक्रममा आयोजना गर्न लागेका हुन्।

कोषको रकम विहान बेलुकाको भोजनको जोहो गर्न नसकेकाहरुको सहयोगमा प्रदान गरिने छ।

फेसबुकमा लाइभ हुने चार घण्टाको कार्यक्रममा विभिन्न कलाकारका प्रस्तुतीका साथै सेलेब्रिटीका सन्देशहरु पनि प्रसारित हुनेछन्।

Laxmi sunrise bank
kumari

कार्यक्रममा आमिर खान, शाहरुख खान, अभिषेक बच्चन, प्रियंका चोपडा, ऋत्विक रोशन, करीना कपुर खान, विद्या वालन, शबाना आजमी, ऐश्वर्या राय बच्चन, आलिय भट्ट, अर्जुन कपुर, सैफ अली खान, रानी मुखर्जी, माधुरी दीक्षित, अक्षय कुमार, दिलजीत दोसांझ, दलकेर सलमान, क्यट्रिना केफ, विक्की कौशल, अनुष्का शर्मा, आयुष्मान खुराना, टाइगर श्रफ र सोफी टर्नर लगायतका बलिउड हस्तीहरु सहभागी हुनेछन्।

त्यस्तै संगीत क्षेत्रका एआर रहमान, ब्रायन एडम्स, मिन्डी केलिंग, गुलजार, जावेद अख्तर, जे सीन, उस्ताद अमजद अली खान, जोनस भाई, अमान अली, शंकर एहसान लोय, सोनू निगम, अनुष्का शंकर, अरिजित सिंह, बादशाह, रेखा भारद्वाज र अन्य पनि सहभागी हुनेछन्।

फरहान अख्तर, फराह खान, करण जौहर, किरण राव, जोया अख्तर र खेल क्षेत्रका रोहित शर्मा, सानिया मिर्जा र विराट कोहली पनि यसकार्यक्रमको हिस्सा बन्नेछन्।

गिभ इन्डियाका सीईओ, अतुल सतीजाले सामाजिक सञ्जालको मञ्चबाट लाइभ हुने यो कार्यक्रम दान दिन इच्छुक लाखौं व्यक्तिसम्म पुग्ने बताएका छन्।

 

प्रकाशित: May 02, 2020| 15:10 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्