शनिबार, पुस १२, २०८२

विमान चार्टर गरेर गाउँ फर्कन थाले हुम्ली

लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा फसेका हुम्लाका नागरिक विमान चार्टर गरी गाउँ फर्किन थालेका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

देव राना

देव राना

शनिबार, वैशाख २०, २०७७

सुर्खेत- लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा फसेका हुम्लाका नागरिक विमान चार्टर गरी गाउँ फर्किन थालेका छन्।
सुर्खेतबाट प्रतिव्यक्ति १० हजार र नेपालगन्जबाट प्रतिव्यक्ति १० हजार ५ सय रुपैयाँ भाडा तिरेर गाउँ फर्किएको उनीहरुले बताएका छन्।

National life

आज सुर्खेतबाट सीता एयरले ३ वटा उडान भरेको सुर्खेतमा विमान चार्टर्डको संयोजन गरिरहेका समाजसेवी कार्चेन लामाले जानकारी दिए।
सीताले सुर्खेतबाट एक पटकमा १५ जनालाई उडान गर्दै आएको छ। सुर्खेतमा हुम्लाका करिब चार सय नागरिक फसेका छन्।

त्यस्तै नेपालगन्जबाट एकपटकमा सीता एयरले १२, ताराले १७, गोमाले १५ र सिम्रिक एयरले १५ जनालाई हुम्ला सदरमुकाम सिमकोट पुर्‍याएका  छन्।

नेपालगन्जबाट पहिलो दिन चारवटा विमानले २/२ वटा उडान भरेको नेपालगन्जमा विमान चार्टर्डकाे संयोजन गिरहेका समाजसेवी रणसिंह परियारले बताए। उनका अनुसार नेपालगन्जमा हुमलका ५ सय जना अड्किएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हुम्लामा विमान उडानको अनुमति दिएपछि नागरिक आफैंले विमान चार्टर्ड गरेर गाउँ फर्कन थालेका हुन्। 

Laxmi sunrise bank
kumari

लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा अलपत्र परेका नागरिकको उद्धारका लागि मन्त्रालयले तीन दिनका लागि उडान भर्ने अनुमति दिएको छ।

यद्यपि सबै नागरिक सिमकोट नपुर्‍याउँदासम्म उडानका लागि अनुमति पाउने संयोजकहरुले जनाएका छन्। सिमकोट विमानस्थलमा दिउँसो हावाको वेग बढ्ने भएका कारण हुम्लामा बिहानमात्रै उडान भर्न सकिन्छ।

जेष्ठ नागरिक र विद्यार्थीले ५० प्रतिशत भाडा छुटको व्यवस्था गरिदिन प्रदेश सरकारसँग माग गरेका छन्। गाउँ फर्कने सबै होम क्वारेन्टिन र क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रकाशित: May 02, 2020| 13:28 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।