शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकबाट ‘मेरो किराना’मा सामान अर्डर गर्दा १० प्रतिशत छुट

सनराइज बैंकबाट ‘मेरो किराना’मा सामान अर्डर गर्दा १० प्रतिशत छुट

 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

सनराइज बैंकले ‘मेरो किराना’ मा गरिएको अर्डरका लागि १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । बैंकले घरमै बसेर आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्न प्रोत्साहन स्वरुप मेरो किरानामा गरिएको अर्डरको छुट दिने व्यवस्था गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकका ग्राहकले बैंकको क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक गरिने छ ।

मेरो किराना एक अलनालाईन सपिङ सेन्टर हो । कोरोना रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्तो यो योजनाका लागि मेरो किरानासँग सम्झौता गरिएको बैंकले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ ।’

 

प्रकाशित: Apr 30, 2020| 15:58 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्