बिहीबार, वैशाख ३१, २०८३

छोरा रणवीरको विवाह हेर्ने ऋषिको सपना भएन पूरा

आज (बिहीबार) निधन भएका बलिउड अभिनेता ऋषि कपुरले आफ्नो मृत्युअघि छोरा रणवीर कपुरको विवाह हेर्न चाहेका थिए।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं - आज (बिहीबार) निधन भएका बलिउड अभिनेता ऋषि कपुर छोरा रणवीर कपुरको विवाह हेर्न निकै उत्सुक थिए।

National life

ऋषिले केही समयअघि एक भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा आफू रणवीरको विवाहलाई लिएर उत्सुक भएको बताएका थिए। उनले आफ्नो विवाह २७ वर्षमा भएको रमाइलो प्रसंग निकाल्दै छोरा ३५ वर्ष भइसकेको र उसको रोजाइ नै आफ्नो भएको बताएका थिए।

रणवीर र आलियाबीचको प्रेम प्रसंग सबैलाई थाहा भएको भन्दै उनले यसबारे आफूले केही भनिरहन आवश्यक नभएको बताएका थिए। ऋषिले भनेका थिए, ‘रणवीरले जोसँग चाहन्छ विवाह गर्न सक्छ। मलाई यसमा कुनै आपत्ति छैन। उसको खुसी नै मेरो खुसी हो। बस् उ विवाहका लागि तयार होस्, यो नै मेरो लागि खुसीको कुरा पनि हो।’

ऋषिले नातिनातिनीहरुसँग खेल्न पाउने आफ्नो इच्छा रहेको बताएका थिए। तर, उनको त्यो इच्छा पूरा हुन सकेन। नातिहरुसँग खेल्ने त परकै इच्छा त्यसअघि उनले छोराको विवाहसमेत देख्न पाएनन्। क्यान्सरबाट पीडित उनको ६७ वर्षको उमेरमा आज निधन भयो। उनकी पत्नी नितु कपुर हुन् भने छोरी रिद्धिमा कपुर हुन्।

सन् १९५२ सेप्टेम्बर ४ मा मुम्बईमा जन्मिएका ऋषि अभिनेताका साथै फिल्म निर्माता र निर्देशक पनि हुन्। सयौं फिल्ममा अभिनय गरेका ऋषिले भारतका थुप्रै प्रतिष्ठित पुरस्कारहरु पनि प्राप्त गरेका छन्।

 

प्रकाशित: Apr 30, 2020| 15:20 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्