शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालविरुद्ध फेसबुकमा के लेखेका थिए पक्राउ परेका पत्रकार पाठकले

दाहालविरुद्ध फेसबुकमा के लेखेका थिए पक्राउ परेका पत्रकार पाठकले

अध्यक्ष दाहालविरुद्ध फेसबुकमा रेडियो नेपालको सञ्चालक समितिको सदस्य पाठकले लेखेका स्टाटास उनकै फेसबुक पेजबाट 
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा रेडियो नेपालको सञ्चालक समितिको सदस्य दीपक पाठक प्रहरीको साइबर ब्युरोबाट बिहीबार बिहान पक्राउ परे।

पाठकलाई साइबर अपराधको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ। पाठक आफूलाई प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र दाबी गर्छन्। पाठकलाई प्रधानमन्त्री ओलीले नै रेडियो नेपालको सञ्चालक समितिको सदस्य बनाएका हुन्। अध्यक्ष दाहालविरुद्ध फेसबुकमा पत्रकार पाठकले लेखेका स्टाटास उनकै फेसबुक पेजबाट जस्ताको तस्तै ः

अप्रिल ६ : ‘प्रचण्ड त्यस्तो चारित्रिक पात्र हो, जसको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न सँकिदैन। उनका पेटमा अहिले २० हजार मानव कंकाल छन्। ती कंकालका मुक्तिका लागि भनी निलिएको थियो। जसले सिंगो देश र उत्पीडित वर्ग समुदाको स्वतन्त्रताको लागि आफ्ना सन्ततीहरु प्रचण्डको बलिवेदीमा चढाउन मन्जुर गरेका थिए, ती नेपालीहरु आज उनको बन्धक बनेका छन् भने उनीचाहिँ “नयाँ नेपाल” का ऐयासी शासक।’

अप्रिल ७ : ‘प्रचण्ड नेपालको अपराध दुनियाँका देवता बनेका छन्। समाजको आज जुन स्तरमा अपराधीकरण भएको छ, यो उनकै देन हो। उनले क्रान्तिका नाममा राजनीतिको अपराधीकरणलाई उत्कर्षमा पुर्‍याए। पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अपराधी र गुण्डाहरुको थलोका रुपमा परिणत गर्ने श्रेय पनि उनैलाई जान्छ। युद्ध वा शान्तिका नाममा लुटेको पैसालाई सेतो बनाउन देशको कृषियोग्य जमिनको माफियाकरण गरेर चौपट बनाउने सिद्धान्तका प्रणेता पनि उनै हुन्। नेपालमा अपवादका रुपमा सुनिने गरेको चन्दन तस्करीले उनकै शासनकालमा विश्व हल्लायो। नक्कली लडाकुका नाममा पैसा खान देखि सक्कली लडाकुलाई पिटेर उनीहरुको चेक लुट्नेसम्मका अपराधमा लम्पट भएका पात्र हुन् यहाँका पेटपाला विद्वानहरुका “राजनेता”।

अप्रिल १० : ‘अमेरिकाका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ। नेपालका प्रचण्डले चाहिँ “किल गेट्स”(मारेर हत्याउ) को सिद्धान्त बोकेर एसियाकै धनी बनेका छन्। उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम। क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।’

त्यसको आठ दिनपछि पाठकले प्रचण्डले घरमा मासु पकाइरहेको तस्बिरसहितको स्टाटस लेख्दै परिस्थितिजन्य कारणले कार्यकारी अध्यक्षका हैसियतमा पुगेका भनेका छन्।

‘मजस्ता धेरैले समर्थन गरेका पार्टीमा परिस्थितिजन्य कारणले कार्यकारी अध्यक्षको हैसियतमा पुगेका अत्यन्त महत्त्वाकांक्षी मनुवाको यो स्तरको बुद्धिलाई मैले भने आश्चर्यका रुपमा लिएको छैन। बरु मैले यतिबेला रोमन सम्राट निरोलाई सम्झिरहेको छु जो सुन्दर सहर रोम जलाएर आफू बार्दलीमा बसेर बाँसुरी बजाउँथे।’

उजुरी दिने दाहालका प्रेस सल्लाहकार सापकाेटा

पाठकले दाहालविरुद्ध लगातार सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै प्रेस काउन्सिल नेपालमा दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले उजुरी दिएको खुलेको छ।

सापकोटाले दिएको उजुरीलाई प्रेस काउन्सिलले आवश्यक कारबाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो।

वैशाख १४ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले पाठकलाई स्पस्ट जवाफ पेस गर्न सात दिनको समय अवधि दिएर वैशाख १५ गते पत्र काटेको छ।

रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक पक्राउ

प्रकाशित: Apr 30, 2020| 13:10 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।