बिहीबार, भदौ ४, २०८३

डिजिटल प्रविधिबाट पानी वितरण गर्न ड्रोनबाट अध्ययन

सुर्खेत उपत्यकामा पानी वितरण प्रणाली परिवर्तन हुने भएको छ । पानीको चुहावट रोक्न र वैज्ञानिक रुपले पानी वितरण गर्न डिजिटल (स्काडा) प्रणाली अपनाउन लागिएको हो ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

सुर्खेत । सुर्खेत उपत्यकामा पानी वितरण प्रणाली परिवर्तन हुने भएको छ । पानीको चुहावट रोक्न र वैज्ञानिक रुपले पानी वितरण गर्न डिजिटल (स्काडा) प्रणाली अपनाउन लागिएको हो ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले डिजिटल प्रविधिबाट पानी वितरण गर्ने भएको छ । डिजिटल प्रविधि अपनाउन ड्रोनबाट सभ्याव्यता अध्ययन थालिएको छ । पानी वितरणको असमान प्रणाली हटाउन डिजिटल प्रर्णाली सुरु गर्न लागिएको इन्जिनियर विवेक गौतमले जानकारी दिए । सम्भाव्यता अध्ययनका लागि ड्रोनबाट ६० वटा उडान गरेर वस्तुस्थितिको जानकारी लिइने छ ।

तत्कालका लागि स्किम नम्बर ९ अर्थात् वीरेन्द्रनगर वडा नम्बर ५, ६, ७, ८, वडा नम्बर ९ र १० को करिब तीन सय मिटरसम्म सम्भाव्यता अध्ययन गरिरहेको छ । आगामी वैशाखभित्रै डीपीआर तयार गरेर काम सुरु गर्ने संस्थाको लक्ष्य रहेको छ ।

यस्तै पानीे चुहावट रोक्न तत्काल पुराना पाइपलाइन हटाइने भएको छ । पुरानो पाइपलाइनके कारण करिब ३६ देखि ४० प्रतिशतसम्म पानी चुहावट हुँदै आएको छ । २०३६ सालमा विच्छ्याइएका झण्डै ५४ किलोमिटर पाइपलाइन विस्थापित हुने छ । तत्काल प्रदेश सरकारको सहयोगमा पुराना पाइपलाइन विस्थापिन गर्ने संस्थाले जनाएको छ । संस्थाले वीरेन्द्रनगरमा १८ हजार धारामा पानी वितरण गर्दै आएको छ ।

यस्तै वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले ५० करोड लगानी गर्ने भएको छ । खानेपानी समस्या समाधानको लागि प्रदेश सरकारले ५० करोड लगानी गर्ने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

प्रकाशित: Feb 25, 2020| 17:57 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।