बुधबार, जेठ २०, २०८३

सुदूरपश्चिमका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सकियो

सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ।
 |  शनिबार, भदौ २६, २०७८

भीम चौधरी

भीम चौधरी

शनिबार, भदौ २६, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ। प्रदेशको कैलाली र बाजुराबाहेकको जिल्लामा वडा अधिवेशन सकिएको हो। प्रदेशका ९ जिल्लाका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सम्पन्न भएको हो।

National life

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा विरोधका बीच ४८ वडामा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडामध्ये ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ।

‘३८ वडामा सर्वसम्मति र १० वडामा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ,’ निर्वाचन अधिकृत बमले भने, ‘अजयमेरु गाउँपालिकाको वडा नम्बर ३, अमरगढी नगरपालिकाको वडा नम्बर ८, नवदुर्गा गाउँपालिकाको वडा नम्बर १ मा अधिवेशन हुन बाँकी छ।’

उनका अनुसार गन्यापधुरा गाउँपालिकाको वडा नम्बर २ मा सभापति चयन भएको छ भने बाँकीमा शनिबार हुनेछ। डडेल्धुरा जिल्लाका सभापति कर्ण मल्लको समूहले बहिष्कार गरे पनि अधिवेशन गरिएको हो।

विभिन्न जिल्लाका निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र  बझाङका ९४ वडामा अधिवेशन सकिएको छ।

Shivam cement

कैलालीको निर्वाचन क्षेत्र १, २ र ४ मा क्रियाशील सदस्यको विवादका कारण वडा अधिवेशन अनिश्चित बनेको छ । जिल्ला उपसभापति प्रकाश बमले भने, विवाद समाधानका लागि केन्द्रमा छलफल भइरहेको छ। तर, अहिलेसम्म टुङ्गो नलाग्दा अधिवेशन अनिश्चित भएको छ। १३ वटा स्थानीय तह रहेको कैलालीमा १ सय २६ वडा रहेका छन्। देउवा पत्नी आरजु राणा देउवाको निर्वाचन क्षेत्र नम्बर ५ हो । गएको प्रतिनिधि सभाको निर्वाचनमा उनी क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिए पनि पराजित भएकी थिइन्।

उता, बाजुरामा पनि केन्द्रबाट क्रियाशील सदस्यता थपेको बन्दै विवाद छ। जिल्ला सभापति कविराज पण्डितले भने, ‘एक/दुई दिनमा क्रियाशील सदस्यको नामावली प्रकाशन हुने सूचना प्राप्त भएको छ।’ नामावली प्रकाशन भएपछि वडा अधिवेशनको मिति तय हुने उनले बताए।

प्रकाशित: Sep 11, 2021| 09:46 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।