बिहीबार, भदौ ४, २०८३

इरफानको मृत्युले शोकमा बलिउड, कसले के भने ?

जयपुरमा जन्मे–हुर्केका इरफानको फिल्मी करियर निकै सफल रह्यो। उनले केही हलिउड फिल्ममा पनि काम गरे।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

अभिनेता इरफान खानको आज दिउँसो मुम्बईको एक अस्पतालमा निधन भयो। ५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित थिए। गत वर्षमात्र उनी विदेशमा उपचार गएर मुम्बई फर्किएका थिए।

गत शनिबारमात्र उनकी आमाको निधन भएको थियो। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा पनि सहभागी हुन पाएका थिएनन्।

जयपुरमा जन्मे–हुर्केका इरफानको फिल्मी करियर निकै सफल रह्यो। उनले केही हलिउड फिल्ममा पनि काम गरे।

इरफानको मृत्युसँगै बलिउड शोकमा डुबेको छ। थुप्रै कलाकारले दुःख व्यक्त गर्दै बलिउडमा ठूलो क्षति पुगेको बताएका छन्।

लता मंगेशकरले ट्विट गर्दै भनेकी छिन्, ‘बहुत गुणी अभिनेता थिए इरफान।’

अमिताभ बच्चन लेख्छन्, ‘इरफानको मृत्युको खबर निकै दुःखदायी र उदासी लिएर आएको छ। एक अद्भूत अभिनेता, प्यारा साथी तथा सिनेमाको दुनियाँमा अहम् भूमिका निभाउने इरफान यति चाँडै दुनियाँबाट गएका छन्।’

निर्देशक अनुभव सिन्हा भन्छन्, ‘भर्खरै त समय आएको थियो मेरा भाइ । अझै धेरै काम गर्नुथियो इतिहासमा लेख्न। क्या यार ? केही तागत अझै लगाएको भए हुन्थ्यो नि। लगाउन त लगाइस् होला नि । ठिक छ, जा आराम गर्। दुई वर्षसम्म खुब लडिस्। थाकिस् पनि होला। एकपल्ट बस्नुपर्ने थियो हामी मदिरासँगै। तर अब...’

सोनम कपुर लेख्छिन्, ‘रेस्ट इन पिस इरफान सर। तपाईंलाई थाहा छैन होला, मेरो खराब समय चलिरहेका बेला तपाईंले दिनुभएको हौसला मेरो लागि कति महत्वपूर्ण थियो।’

करण जोहर लेख्छन्, ‘केही यादगार फिल्मका लागि धन्यवाद। एक कलाकारको रुपमा नयाँ इतिहास रचेकोमा धन्यवाद। सिनेमा जगतलाई समृद्ध बनाएकोमा धन्यवाद। हामी तपाईंलाई खुब याद गर्नेवाला छौं। तपाईं हाम्रो जिन्दगी र हाम्रो सिनेमामा सधैं रहनुहुनेछ।’

अक्षयकुमारले लेखेका छन्, ‘बहुतै नराम्रो खबर। हाम्रो पुस्ताको उत्कृष्ट कलाकारमध्येका एक । ईश्वर ! इरफानको परिवारलाई यो दुःख सहन सक्ने क्षमता दिनुहोस्।’

बीबीसी

 

प्रकाशित: Apr 29, 2020| 16:15 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।