शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश अस्पतालको ओपीडी सेवा बन्द, फोनबाटै स्वास्थ्य परामर्श

प्रदेश अस्पतालको ओपीडी सेवा बन्द, फोनबाटै स्वास्थ्य परामर्श

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालले आपतकालीन सेवाबाहेक ओपीडी सेवाहरु बन्द गरेको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालले आपतकालीन सेवाबाहेक ओपीडी सेवाहरु बन्द गरेको छ।

लकडाउनका कारण सामान्य प्रकृतिका विरामीहरु अस्पताल आउन सहज वातावरण नभएपछि ओपीडी सेवा बन्द गरिएको हो।

ओपीडी सेवा बन्द भए पनि अस्पतालले बिरामीले घरमै बसेर चिकित्सकहरुसँग स्वास्थ्य परामर्श लिने व्यवस्था गरेको छ।

बिरामीको उपचारमा समस्या नहोस् भनेर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले फोनबाटै स्वास्थ्य परामर्श दिने जनाएका छन्।

‘चेकजाँच गर्न अस्पताल आउने सहज वातावरण नभएपछि फोनबाटै भएपनि परामर्श दिन व्यवस्था गरेका छौँ।’

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले भने ‘बिरामीलाई सजिलो होस् भन्नका लागि फोनबाटै परामर्श दिने गरेका छौँ।’

अस्पतालले बिरामीहरूको सहजताका लागि सर्जन विशेषज्ञ डा. सोजन सापकोटालाई ९८४१६५७४५२, डा. सुशील समदर्शीलाई ९८४१२८२६७४, हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठलाई ९८०२९७७५७६, बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेललाई ९८०७३२०६७९ नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाएको छ।

त्यस्तै फिजिसियन डा. सन्जिब भण्डारीलाई ९८४०००१५०० र छाला तथा यौन रोग विशेषज्ञ प्रभात सिंह राजपुतलाई ९८६०१८४१४६ सम्पर्क गरेर परामर्श लिन सकिने अस्पतालले जनाएको छ।

प्रकाशित: Apr 29, 2020| 15:39 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।