बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमणबाट अमेरिकामा १५ नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। मंगलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए। यो सँगै न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक नेपालीको मृत्यु भएको हो।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। मंगलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए। यो सँगै न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक नेपालीको मृत्यु भएको हो।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना संक्रमण भनेर पुष्टी गर्ने मजबुत आधार नभएपनि कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको हुनसक्छ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए। एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म संकलन गरेको तथ्यांकमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउन सफल भएका छन्। संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार संक्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्यांक छ।

प्रकाशित: Apr 29, 2020| 15:12 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।