शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५५ लाख आर्थिक सहायतासहितको दराज विक्रेता सहयात्री कार्यक्रमको घोषणा

५५ लाख आर्थिक सहायतासहितको दराज विक्रेता सहयात्री कार्यक्रमको घोषणा

 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

नेपालमा कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रलाई पुर्यायाएको कुल क्षतिको पूर्णअनुमान अहिले गर्न नसकिए पनि यसले साना तथा मध्यम उद्यम .एसएमई) क्षेत्रलाई धेरै ठूलो क्षति पुर्यायाएको भन्दै दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरु गरेको छ।

यस कार्यक्रम मार्फत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो “डिजिटल प्ल्याट्फर्म” मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत स्थानिय रुपमा कूल रु ५५ लाख आर्थीक सहायता समावेश छ।

कार्यक्रम अन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे र जून महिनाका लागी कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराज अनलाइन पसल सञ्चालन गरिदिने आश्वासन दिएको छ।

यसकासाथै बिक्रेताहरुलाई आफ्नो अनलाईन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटी मार्फत ईकमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम निःशुल्क दिइनेछ। यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ । दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यका साथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको छ र करीब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउँदै छ।

प्रकाशित: Apr 29, 2020| 14:38 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्