शनिबार, भदौ ६, २०८३

हेटौँडाबाट काठमाडौं जाने छोटो बाटो चौडा बनाइँदै

हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेको हो ।

निर्देशनालयका अनुसार चालू आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया तथा सम्झौतासमेत सम्पन्न गरेर आर्थिक वर्षको अन्त्य वा नयाँ आर्थिक वर्षको शुरुआतमा काम शुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार ६० दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको चरणमा प्रवेश गरिने योजना रहेको छ । सडकलाई १० मिटरको चौडा बनाएर पक्की नाला निर्माण गरी सात मिटरलाई कालोपत्रे बनाइने गरी बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा साना सवारीलाई मात्र आवतजावत गर्न मिल्ने चार मिटरको साँघुरो सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएकामा खुशी लागेको बताउँछन्। यसले भीमफेदीको सुन्दर भविष्य निर्माणमा मद्दत पुर्याउने उनको भनाइ छ । उनले यस प्रक्रियामा योगदान दिनुभएकामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति आभार व्यक्त गरे।

उक्त मार्गको भीमफेदी–देउराली तथा देउराली–कुलेखानी सडकखण्ड एवं इन्द्रसरोबर गाउँपालिकादेखि काठमाडौँको छैमले क्षेत्रमा समेत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।
रासस

प्रकाशित: Apr 29, 2020| 08:42 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।