बुधबार, चैत ११, २०८२

के हो र्‍यापिड टेस्ट, के हैन ?

ठाउँठाउँमा लक्षण भएकालाई यापिड टेस्टले जाँचिएको समाचार छ। त्यो जजसले गरे, आफ्नै तजबिजले गरे। सरकारले जुन समूहमा र्‍यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा विविध कारणले हाल क्वारेन्टिनमा रहेका व्यक्ति थिए।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

कोरोना भाइरसको र्‍यापिड टेस्टबारे धेरैजना (केही विज्ञ समेत)को प्रतिक्रिया पढेपछि यो लहरो लेख्न मन लाग्योः

National life

लक्षण भएका वा संक्रमणको शंका भएकामा जाँच्ने पीसीआरबाट नै हो, र्‍यापिड टेस्टबाट हैन। नेपालमा सरकारले पनि लक्षण भएको व्यक्तिलाई र्‍यापिड टेस्टबाट जाँच भनेकै छैन ।

ठाउँठाउँमा लक्षण भएकालाई यापिड टेस्टले जाँचिएको समाचार छ। त्यो जजसले गरे, आफ्नै तजबिजले गरे। सरकारले जुन समूहमा र्‍यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा विविध कारणले हाल क्वारेन्टिनमा रहेका व्यक्ति थिए।

त्यसो भए किन र्‍यापिड टेस्टले परीक्षण गराएको त ? (मैले पनि त्यसो गर्न दबाब दिएको थिएँ।) किनभने कसैलाई नसोधी र सम्भवतः गलत विधिबाटै ल्याइएको होस्, त्यसबेला र्‍यापिड टेस्ट भित्रिइसकेको थियो र त्यसलाई फ्याँक्ने कुरा हुँदै थियो।

उता हामी देशभर भित्रभित्रै महामारी फैलिँदैछ कि भन्ने कुराले भयभित थियौं। तर एक्टिभ सर्भिलेन्स गर्न र पिसिआर बढाउन दबाब दिँदा सरकारले पिसिआर थोरै छ र विश्व स्वास्थ्य संगठनले दायरा बढाउन भनेको छैन भन्दै दायरा पटक्कै नबढाउने, अनि भ्रष्टाचार आदिका चर्चाका कारणले अन्य सेरोलोजी र पिसिआर परीक्षण आदि हप्तौंसम्म नआउने देखिएको बेला थियो।

Laxmi sunrise bank
kumari

त्यसबेला कम्तीमा अर्को तरिकाबाट भएपनि देशमा कति संक्रमित होलान् थाहा पाउन सकिन्छ (कम्तीमा टेस्टले जति पत्ता लगाउँछ, तिनको त पहिचान हुन्छ र थप कन्ट्याक्ट ट्रेसिङ, थप संक्रमित पहिचान गर्न सहयोग मिल्छ) भनेर संक्रमणको बढी सम्भावना भएका तर पिसिआर गर्न नपाइने समूहमा यो जाँच्न भन्यौं।

त्यस्तो बदनाम र्‍यापिड टेस्टले केही फाइदा भयो त?

भयो नि। एक, पिसिआर परीक्षण गर्न नमिल्ने समूहमा पनि र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएका कतिपय व्यक्ति पछि पिसिआर पनि पोजिटिव भएर औपचारिक गणनामा थपिए। तिनको कन्ट्याक्ट ट्रेसिङ भएर थप पिसिआर पोजिटिभ बिरामी पनि पत्ता लागे।

दुई, पिसिआर नेगेटिभ देखिएका थप ४०–५० जना पनि आखिर संक्रमित नै हुन् । बरू तिनलाई चाहिँ नतिजा गलत भनेर बेवास्ता गरियो भने चाहिँ थप संक्रमित बिरामी पत्ता लगाउने र महामारी लुकेर बसेका थप ठाउँ पत्ता लगाउने, महामारी नियन्त्रणमा ल्याउने मौका गुम्ने ठूलो डर हुन्छ।

लकडाउन पनि त्यस्ता सबै संक्रमण लुकेका सम्भावित ठाउँमा कन्ट्याक्ट ट्रेसिङ, परीक्षण नगरी खोल्न ठिक हुन्न।

त्यसो भए र्‍यापिड टेस्ट पूरै राम्रो हो त ?

हैन नि। यसका सीमितता धेरै छन् नै। एक, कम जोखिम भएको समुदायमा गएर र्‍यान्डम स्याम्प्लिङ गर्न यो एकदम अनुपयुक्त हो। दुई, विभिन्न ठाउँमा क्वारेन्टिनमा भएका मान्छेलाई १४ दिन नै नपुगी र्‍यापिड टेस्ट गरेर नेगेटिभ आएको भरमा घर पठाइएका समाचार आए। तर सरकारले त्यसो गर्नू भनेर निर्देशन नदिएको र १४ दिन क्वारेन्टिन पूरा गर्नैपर्छ भन्ने नै उसको औपचारिक निर्देशन थियो भन्ने बुझेको छु।

यसबिच हाम्रो पीसीआर गर्ने क्षमता, ल्याबको संख्या बढ्यो। लक्षण नभएकामा पनि संक्रमण धेरै हुनसक्ने हुनाले पीसीआर गर्नुपर्ने रहेछ भन्ने देखियो। समुदायमा सेरोसर्भे गर्न ELISA-based बढी भरपर्दा (सीमितता त हुने नै छन्)। सेरोलोजी टेस्ट उपलब्ध हुन थालेका छन्। अब ती टेस्ट प्रयोग होलान् । आशा गरौं।

- डा. सुवेदीको ट्विटर एकाउन्टबाट (डा. सुवेदी संक्रमण रोग विशेषज्ञ हुन्)

प्रकाशित: Apr 29, 2020| 08:14 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्