बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन

जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन

नवगठित समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा उनका समर्थक कार्यकर्ताले मंगलबार साँझ महोत्तरीमा राँके जुलुस निकालेका छन्।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

जनकपुरधाम- नवगठित समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा उनका समर्थक कार्यकर्ताले मंगलबार साँझ महोत्तरीमा राँके जुलुस निकालेका छन्।

सरकारको दबाबमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै पार्टीका नेता कार्यकर्ताले मंगलबार साँझ महोत्तरीको सम्सीमा राँके जुलुस प्रदर्शन गरेका हुन्।

डा. यादवको घरसमेत रहेको सम्सीमा राँके जुलुस प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री केपी ओलीकै प्रत्यक्ष निर्देशनमा अपहरण गरिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनमा यादवलाई अपहरण गरी घरबाट काठमाडौंसम्म लग्ने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न उनीहरुले माग गरेका छन्।

पूर्व आईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ डा.यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेतासहितको टोली सोमबार जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले दर्ता गर्न मानेको थिएन्।

यसैगरी मंगलबार सरकारी वकिलको कार्यालयले समेत जाहेरी लिन नमानेपछि यादव समर्थक नेताकार्यकर्ता सरकारविरुद्ध प्रदर्शनमा उत्रेका हुन्।

प्रकाशित: Apr 28, 2020| 21:52 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।