बिहीबार, भदौ ४, २०८३

नेकपा सचिवालय बैठक बुधबार

सत्तारुढ नेकपा सचिवालय बैठक बुधबार बस्ने भएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडाैं- सत्तारुढ नेकपा सचिवालय बैठक बुधबार बस्ने भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि भाेलि बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको हो।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक साँझ ५ बजे बोलाइएको बताए। अध्यादेश प्रकरणपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ। बैठक त्यसै विषयमा केन्द्रित हुने बताइएको छ। नेकपा शीर्ष नेताबीच विभिन्न गुटगत छलफल भइरहेका छन्।
प्रधानमन्त्री ओलीसँग असन्तुष्ट केही नेताहरुले विवाद समाधान गर्न मन्त्रिपरिषद् सदस्यको हेरफेरदेखि मुख्यमन्त्री परिवर्तनसम्मका प्रस्ताव अघि सारेका छन्।

त्यस्तै केही नेताहरुले पार्टी र सरकारबीच समन्वय नभएको भन्दै ओलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। 

प्रकाशित: Apr 28, 2020| 21:01 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।