बलिउड अभिनेता अभिनेता इरफान खानको स्वास्थ्य स्थिति अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको बीबीसीले जनाएको छ।
केहि दिन अघिमात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन पाएका थिएनन्। आमाको निधन भएसँगै इरफान बिरामी परेको बताइएको छ।
दुई वर्ष अघिमात्र इरफानले आफ्नो बिमारीको बारेमा थाहा पाएका थिए। उनलाई न्युरो इन्डोक्राइन ट्युमर भएको छ। इरफानले ट्विट गर्दै आफूलाई सो रोग लागेको खुलासा गरेका थिए।
इरफान पछिल्लो समय ‘इंग्लिश मिडियम’ फिल्ममा देखिएका थिए। उक्त फिल्मको छायांकनलगत्तै उनी उपचारको लागि बेलायत पुगेका थिए।