बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोना भाइरसबाट १ अर्ब मानिस संक्रमित हुन सक्छन्, ३० लाखको ज्यान जान सक्छ’

‘कोरोना भाइरसबाट १ अर्ब मानिस संक्रमित हुन सक्छन्, ३० लाखको ज्यान जान सक्छ’

कमजोर देशलाई तत्काल आवश्यक सहायता नपुगेको खण्डमा यस्तो स्थिति आउन सक्ने आईआरसीले बताएको हो।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) नामक एक संस्थाले विश्वका करिब १ अर्ब मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएको छ।

कमजोर देशलाई तत्काल आवश्यक सहायता नपुगेको खण्डमा यस्तो स्थिति आउन सक्ने आईआरसीले बताएको हो।

विश्व स्वास्थ्य संगठन तथा इम्पेरियल कलेज लण्डनको तथ्यांकलाई आधार बनाएर तयार गरिएको उक्त संस्थाको प्रतिवेदनअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ५० करोडदेखि १ अर्बसम्म हुनसक्छ। यो भाइरसबाट करिब ३० लाखको ज्यान जानसक्ने आशंका पनि रिपोर्टमा गरिएको छ।

कोरोनाको विश्वव्यापी असर रोक्न आर्थिक तथा मानवीय सहायताका लागि उक्त संस्थाले जोड दिएको छ। अफगानिस्तान, सिरियाजस्ता युद्धबाट ध्वस्त भएका मुलुकका लागि तत्काल मानवीय सहायता जरुरी भएको आईआरसीको भनाइ छ।

मंगलबारसम्ममा विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख नजिक पुगेको छ भने मृतकको संख्या २ लाख १२ हजार नाघेको छ।

बीबीसी

प्रकाशित: Apr 28, 2020| 19:37 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।