बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसलाई कोरोनापछिको अर्थतन्त्रको चिन्ता, उकास्ने रणनीति बनाउन जुट्यो

कांग्रेसलाई कोरोनापछिको अर्थतन्त्रको चिन्ता, उकास्ने रणनीति बनाउन जुट्यो

नेपाली कांग्रेस कोरोना भाइरस संक्रमणमुक्त भएपछि मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने योजना र रणनीति तयारीमा जुटेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोरोना भाइरस संक्रमणमुक्त भएपछि मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने योजना र रणनीति तयारीमा जुटेको छ।

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र अर्थविद्हरुसँग मंगलबार यसबारे छलफल गरेका हुन्। 

बैठकमा कोरोनाको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने योजना र रणनीतिबारे छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै बैठकले लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत उपलब्ध गराउन राज्यलाई जरुरी कदम चाल्न आग्रह गरेको छ।

बैठकमा कांग्रेस कोरोना सृजित वर्तमान र भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर रहन सबै सहमत भएका छन्।

बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, शशांक कोइराला, पूर्णबहादुर खड्का सहभागी थिए।

यस्तै प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र उदयशम्शेर राणा पनि सहभागी थिए।

बैठकमा अर्थशास्त्रीहरु पृथ्वीराज लिगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, गोविन्द पोखरेल, स्वर्णीम वाग्ले, अच्युत वाग्ले, पोषराज पाण्डे, प्रभु बुढाथोकी, विश्व पौडेल, राजु नेपाललगायत सहभागी रहेको पौडेलले जनाएका छन्।

प्रकाशित: Apr 28, 2020| 19:27 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।