बिहीबार, भदौ ४, २०८३

क्वारेन्टाइनमा बस्नेको संख्या प्रदेश ५ मा धेरै

क्वारेन्टाइनमा बस्नेको संख्या प्रदेश ५ मा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले क्वारेन्टाइनमा बस्नेको संख्या सबैभन्दा धेरै प्रदेश ५ मा र सबैभन्दा कम बागमती रहेको बताए।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं – क्वारेन्टाइनमा बस्नेको संख्या प्रदेश ५ मा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले क्वारेन्टाइनमा बस्नेको संख्या सबैभन्दा धेरै प्रदेश ५ मा र सबैभन्दा कम बागमती रहेको बताए।

क्वारेन्टाइनमा हाल २२ हजार ९९ जना रहेका छन्। उनीहरुमध्ये प्रदेश ५ मा १२ हजार १ सय ६४ र बागमती प्रदेशमा ३ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै प्रदेश १ मा २ हजार २ सय ८८, प्रदेश २ मा १ हजार ५ सय १२, गण्डकी प्रदेशमा ६ सय ७६, कर्णालीमा ३ हजार ७ सय ८९ र सुदूरपश्चिममा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ५४ हजार ८ सय २६ जनामा कोरोना भाइरस परीक्षण गरिएको छ। पीसीआरबाट १० हजार ८ सय ७ र आरडीटीबाट ४४ हजार १९ जनामा कोरोना भाइरसको परीक्षण गरिएको देवकोटाले जानकारी दिए।

आरडीटीबाट प्रदेश १ मा ४ हजार ८ सय २८, प्रदेश २ मा ५ हजार २ सय ४९, बागमती प्रदेशमा ८ हजार १४, गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६, प्रदेश ५ मा ५ हजार ३ सय २८, कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिममा १२ हजार २ सय ८३ जनामा कोरोना परीक्षण भएको छ।

हालसम्म आइसोलेसनमा १ सय ७ जना रहेका छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये अहिलेसम्म ३ सय ९ जना ‘रेड जोन’ मा रहेका छन्। हालसम्म नेपालमा ५४ जना संक्रमित भएकोमा १६ जना निको भएर घर फर्किएका छन्। संक्रमितमध्ये धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ जना, विरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ५ जना, भरतपुर कोरोना अस्थायी अस्पतालमा १ जना र विराटनगरको कोसी अञ्चल अस्पतालमा ३१ जना उपचाररत छन्।

प्रकाशित: Apr 28, 2020| 17:03 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।