बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘खेतखेतमा पानी, हातहातमा काम’लाई निरन्तरता दिँदै प्रदेश सरकार

‘खेतखेतमा पानी, हातहातमा काम’लाई निरन्तरता दिँदै प्रदेश सरकार

प्रदेश २ सरकारले यस वर्ष पनि ‘खेतखेतमा पानी र हातहातमा काम’ नारालाई अगाडि बढाउने गरी नीति तथा कार्यक्रमको छलफल सुरु गरेको छ। 
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

प्रदेश २ सरकारले यस वर्ष पनि ‘खेतखेतमा पानी र हातहातमा काम’ नारालाई अगाडि बढाउने गरी नीति तथा कार्यक्रमको छलफल सुरु गरेको छ। 

प्रदेश २ सरकारका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले किसानहरुको सहजतालाई मध्यनगर गर्दै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन्। जसका लागि मन्त्री सोनलले मंगलबार सरोकारबालाहरुसँग छलफल गरेका छन्।

मन्त्री सोनलका अनुसार मंगलबारको छलफलमा किसानको खेतबारीमा पानी कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल भएको छ।

उनले भने, ‘आगामी नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको छ। चालु वर्षको योजनाहरुलाई पनि निरन्तरता दिने भइएको छ। र, थप योजनाहरुका पनि ल्याउने प्रयासमा छौं।’

किसानहरुलाई प्रदान गरिने ट्युबेललगायत कतिपय बहुवर्षीय योजनाहरुको विषयमा पनि छलफल भएको छ। लकडाउनलाई मध्यनगर गर्दै मन्त्री सोनलले भौतिक पूर्वाधार विकाससहित कृषि क्षेत्रमा पनि नयाँ योजनाहरु ल्याउने तयारी गरेका छन्।

 

प्रकाशित: Apr 28, 2020| 16:21 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।