बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद 'अपहरण'को किटानी जाहेरी

सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद 'अपहरण'को किटानी जाहेरी

जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको 'अपहरण' प्रकरणमा सरकारी वकिलको कार्यालयले पनि किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको 'अपहरण' प्रकरणमा सरकारी वकिलको कार्यालयले पनि किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका जनता समाजवादी पार्टीका नेताहरु अहिले पनि त्यहीँ बसिरहेका छन्। जसपाका महासचिव केशव झाका अनुसार सरकारी वकिलको कार्यालयले जाहेरी कार्यालयमा छोडेर जान आग्रह गरेका छन्।

सरकारी वकिललाई उद्धृत गर्दै झाले भने, ‘जाहेरी छोडेर जानुस्। हामी अध्ययन गरेर तपाईहरुलाई जानकारी गराउँछौं।’

झाका अनुसार जसपाका नेताहरुले जाहेरी छोडेर गएको कुनै प्रमाण दिन माग गरेका छन्। तर, त्यस्तो प्रमाण पनि दिन सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ।

कार्यालयमा जसपा नेता, वकिल र सरकारी वकिलहरुबीच तर्कवितर्क भइरहेको झाले बताए।

यसअघि महानागरीय प्रहरी परिसर, टेकुले पनि उजुरी नलिएर फिर्ता पठाइदिएको थियो।

जिम्मेवारी सम्हालेकै दिन के यस्तो आइलाग्यो एसएसपी ज्ञवालीलाई !

 

 

 

प्रकाशित: Apr 28, 2020| 15:40 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।