सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादमा पूर्वएमाले र पूर्वमाओवादीको कित्ताकाट स्पष्ट देखिएको छ।
पूर्वमाओवादी नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई असक्षम भन्दै हटाउने पक्षमा छन् भने पूर्वएमालेको एउटा पक्ष ओलीलाई नै प्रधानमन्त्री बनाइराख्ने प्रयासमा छ।
नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी पनि अहिलेको विवादमा अगाडि देखिएकी छिन्। चौधरीले सरकार ढाल्ने खेलमा लागेको भन्दै नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्मामाथि खुलेरै प्रहार गरेकी छिन्।
एमाले कोटाबाट सचेतक भएकी चौधरीले सरकार ढाल्ने खेल कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी ट्वीटरमार्फत् दिएकी छिन्।
यसअघि पूर्व माओवादीतर्फका शर्मा, रायामाझी र भट्टलगायतले सरकार परिवर्तनको कुरा गर्दै आएका छन्।