बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेडियो नेपालका कार्यकारी निर्देशकलाई मन्त्रालयद्वारा दैनिक स्पष्टीकरण माग

रेडियो नेपालका कार्यकारी निर्देशकलाई मन्त्रालयद्वारा दैनिक स्पष्टीकरण माग

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई संचार चथा सूचना प्रविधि मन्त्रालयले दिनकै स्पष्टीकरण सोध्न थालेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं- रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई संचार चथा सूचना प्रविधि मन्त्रालयले दिनकै स्पष्टीकरण सोध्न थालेको छ।

मन्त्रालयले कार्कीलाई सोमबार र मंगलबार दुई दिन लगातार स्पष्टीकरण सोधेको हो।

सोमबार रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बोलाएको विषयमा स्पष्टीकरण सोधेको मन्त्रालयले मंगलबार कार्य क्षमतामाथि प्रश्न उठाउँदै स्पष्टिकरण सोधेको हो।

आफूलाई मन्त्रालयले स्पष्टीकरण साेधेकाे पत्र कार्कीले फेसबुक मार्फत् सार्वजनिक गरेका छन्।

रेडियो नेपालको प्रत्यक्ष प्रसारण हुने बिहान साढे ६ बजेको अन्तर संवादमा डा. भट्टराईले सरकारविरुद्ध जातिय विद्वेष, घृणा उब्जाएको, सक्ता कब्जा, निरंकुश साशक र भष्मासुर जस्ता भ्रमपूर्ण र लाल्छनायुक्त शब्द प्रयोग गरेको भन्दै कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।

सोमबारको मन्त्रीस्तरीय निर्णयले कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

यस्तै मन्त्रालयले गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भन्दै कार्कीलाई मंगलबार ३ बुँदे स्पष्टिकरण सोधेको छ।

मन्त्रालयको पत्रअनुसार कार्कीले कार्यकारी निर्देशक नियुक्त हुँदा सचिवसँग गरेको कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका सूचकांक अनुसार सन्तोषजनक प्रगति नगर्नु र रेडियोको वार्षिक कार्यक्रमहरु समयमा सम्पन्न गर्नु नसक्नुको कारण सोधिएको छ।

सात दिन भित्र पेश गर्न भनिएको उक्त स्पष्टिकरण पत्रमा रेडियो नेपालको ललितपुर खुमल्टारस्थित ट्रान्समिटिङ स्टेशनको ४२ रोपनी जग्गाको न्यूनतम् दर कायम गर्दा स्थानीय तहको भाडादर, सकारी निकायको भाडादर र प्रचलित बजार मूल्यको आधार नलिनुको कारण सोधिएको छ।

यस्तै स्पष्टिकरण पत्रमा रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार प्रतिवेदन २०७५ मा उच्च व्यवस्थापनका सुधारका लागि सुझाव शीर्षकमा वर्तमान कार्यकारी निर्देशकको कार्यशैली हरेक दृष्टिले संस्थाको हितमा नरहेको भनी औँल्याइएको विषय उल्लेख गरिएको छ।

प्रकाशित: Apr 28, 2020| 15:09 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।