बिहीबार, भदौ ४, २०८३

रोल्पामा क्वारेन्टाइनमा रहेका वृद्धको मृत्यु

रोल्पाको माडी गाउँपालिकाको क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

सुर्खेत- रोल्पाको माडी गाउँपालिकाको क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ। माडी गाउँपालिका-२ का ८२ वर्षीय तुलबहादुर परियारको सोमबार राति क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए।

परियार दमका बिरामी थिए। उपचारका लागि काठमाडौं गएका उनी केही दिनअघि छोराबुहारीसँगै गाउँ फर्किएका थिए। उनीसँगै ४५ जनालाई गाउँपालिकाले सञ्चालन गरेको भगवती आधारभूत विद्यालय मानिवाङको क्वारेन्टाइनमा राखेको थियो।

भक्तपुरस्थित कृष्णा इँट्टाभट्टामा मजदुरी गरेर फर्किएका ४५ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ। मृतक तुलबहादुरका छोरा मनप्रसाद परियारले नाइकेको काम गर्दै आएका छन्। 

कोरोना भाइरस परीक्षण गर्न मृतकको स्वाब संकलनका लागि रेउघा अस्पतालबाट डाक्टरको टोली गाउँ पुगिसकेको छ।

 

प्रकाशित: Apr 28, 2020| 14:42 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।