बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन कडा कि झन् खुकुलो ? आधा दिनमा ८१४ सवारीसाधन नियन्त्रणमा

लकडाउन कडा कि झन् खुकुलो ? आधा दिनमा ८१४ सवारीसाधन नियन्त्रणमा

सरकारले लकडाउन थप कडा पार्न मातहतका सुरक्षा निकायलाई परिपत्र गरेको भोलिपल्टै मंगलबार राजधनीका सडकमा सवारीसाधनको संख्या अत्यधिक बढेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं- सरकारले लकडाउन थप कडा पार्न मातहतका सुरक्षा निकायलाई परिपत्र गरेको भोलिपल्टै मंगलबार राजधानीका सडकमा सवारीसाधनको संख्या अत्यधिक बढेको छ।

लकडाउनको ३६ औं दिन महानगरीय ट्राफिक महाशाखाले मध्याह्न १२ बजेसम्म उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ८ सय १४ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

‘महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जिल्ला प्रशासनको पास र अत्यावश्यक सेवाबाहेकका सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए।

‘लकडाउन उल्लंघन गर्नेको संख्या बढेको हो कि के हो त्यो हामीलाई थाहा भएन तर, विनापासका सवारीसाधन चलाउनेको संख्या बढेको देखियो’, श्रेष्ठले भने, ‘प्रहरीले सवारी चेकिङमा कडाइ गरेको छ।’

नयाँबानेश्वर चोकमा ड्युटीमा खटिएका एक प्रहरी निरीक्षकका अनुसार सामान्य कामले पनि सवारीसाधन चलाउनेको संख्या मंगलबार अत्यधिक बढेको बताए। ‘सामान्य काममा हिँडेका सवारीसाधन नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘नियन्त्रणमा लिएका सवारी साधन बेलुकी ७ बजेतिर मात्र छोडिनेछ।’

गृह मन्त्रालयले लकडाउन उल्लंघन गर्नेको संख्या बढेको भन्दै अत्यावश्यक सेवा र पासबाहेकका सवारीसाधन पूर्ण रुपमा बन्द गर्न प्रहरी प्रशासनलाई परिपत्र गरेको थियो। उक्त परिपत्रपछि प्रहरीले सवारीसाधन चेकिङमा कडाइ गरेको छ।

प्रकाशित: Apr 28, 2020| 12:58 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।