बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटमा दुईजनामा कोरोना संक्रमण पुष्टि, एकजना क्वारेन्टाइन बसेर घर फर्किएका थिए

रौतहटमा दुईजनामा कोरोना संक्रमण पुष्टि, एकजना क्वारेन्टाइन बसेर घर फर्किएका थिए

कोरोना संक्रमण हुनेमा दुवैजना पुरुष छन्। वृन्दावन नगरपालिका–९ भुसहाका २५ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं– रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण हुनेमा दुवैजना पुरुष छन्। वृन्दावन नगरपालिका–९ भुसहाका २५ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले दुई पुरुषमा कोरोना संक्रमण देखिएको खबर आए पनि आधिकारिक पत्र भने नआइसकेको बताए।

संक्रण भेटिएका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए।

जनकपुरबाट गएको प्रादेशिक टोलीले गरेको आरडीटी परीक्षणमा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको बुझिएको छ। ३५ वर्षीय पुरुष पनि नयाँदिल्लीबाट वैशाख ४ गते घर आएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

 

प्रकाशित: Apr 28, 2020| 12:22 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।