बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंगापुरको कोरोना संक्रमण दोस्रो चरणमा, प्रवासी कामदार अति जोखिममा

सिंगापुरको कोरोना संक्रमण दोस्रो चरणमा, प्रवासी कामदार अति जोखिममा

सिंगापुरमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। ५० लाख जनसंख्या भएको सिंगापुरमा अहिलेसम्म १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ। सँगसँगै सरकारले पर्याप्त मात्रामा परीक्षण त गरिरहेको छ ? भन्ने प्रश्न पनि उठिरहेको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

सिंगापुरको निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो श्रमिक दक्षिण एसियाली मुलुकका छन्। र, उनीहरु प्रायः समूहमा बस्छन्।

सिंगापुरमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। ५० लाख जनसंख्या भएको सिंगापुरमा अहिलेसम्म १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ। सँगसँगै सरकारले पर्याप्त मात्रामा परीक्षण त गरिरहेको छ ? भन्ने प्रश्न पनि उठिरहेको छ।

सिंगापुरका कोरोना संक्रमितमध्ये धेरैजसो विदेशी कामदार छन्, जो डर्मेट्री अर्थात् सामूहिक रुपमा बस्छन्। अहिलेसम्म १२ वटा यस्ता डर्मेट्रीलाई आइसोलेसनमा राखिएको छ। यी डर्मेट्रीमा हजारौं मजदुर क्वारेन्टाइनमा बसेका छन्।

त्यहाँ पहिलो चरणको संक्रमण प्रवासी कामदारमै देखिएको थियो। सिंगापुरको निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो श्रमिक दक्षिण एसियाली मुलुकका छन्। उनीहरु प्रायः समूहमा बस्छन् । र, यसरी बस्दा संक्रमण तीव्र गतिमा फैलिन्छ।

प्रवासी मजदुरहरुको संगठन ट्रान्जिएन्ट वर्कर्स काउन्ट टु का एलेक्स वु ले बीबीसीलाई बताएअनुसार पर्याप्त मात्रामा परीक्षण नभइरहेको बताएका छन्। कसको परीक्षण भएको छ र कसको भएको छैन भन्ने समेत यकिन नभएको उनको भनाइ छ।

‘हामीलाई खबर आइरहेको छ– जुन मजदुरलाई ज्वरो आएको छ उसलाई डाक्टरले घण्टौंसम्म या दिनभर पनि हेरिरहेका छैनन्। खाली प्यारासिटामोल खान भनिएको छ,’ वुले भनेका छन्।

सिंगापुरका स्वास्थ्यमन्त्री जान किम योङले भने पर्याप्त मात्रामा परीक्षण भइरहेको बताएका छन्। हरेक दिन ३ हजार मजदुरको परीक्षण भइरहेको उनले बताएका छन्। अमेरिका, बेलायत, हङकङ, कोरिया आदि मुलुकको तुलानमा सिंगापुरमा धेरै परीक्षण भएको उनले बताएका छन्।

चीन र भारतपछि सबैभन्दा बढी संक्रमित सिंगापुरमा छन्। जबकि यी दुवै देशको जनसंख्या सिंगापुरको भन्दा कैयौं गुणा बढी छ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक अपडेट गरिरहेको वेबसाइट वर्ल्डओमिटरका अनुसार सिंगापुरमा म)गलबार बिहानसम्ममा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Apr 28, 2020| 12:04 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।