बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमामा ओहोरदोहोर गर्न नदिएको भन्दै भारतीयले कुटे दुई प्रहरीलाई

सीमामा ओहोरदोहोर गर्न नदिएको भन्दै भारतीयले कुटे दुई प्रहरीलाई

सीमामा ओहोर दोहोर गर्न नदिएको भन्दै नेपाल भारत सीमाक्षेत्रमा खटिएका दुई नेपाली सुरक्षाकर्मीलाई भारतीय नागरिकले कुटपिट गरेका छन् ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

कपिलवस्तु- सीमामा ओहोर दोहोर गर्न नदिएको भन्दै नेपाल भारत सीमाक्षेत्रमा खटिएका दुई नेपाली सुरक्षाकर्मीलाई भारतीय नागरिकले कुटपिट गरेका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका ७ सेमरी नाकामा खटिएका मर्यादपुर प्रहरी चौकीका प्रहरी हवल्दार वशिष्ट यादव र प्रहरी जवान ईश्वर ज्ञवालीमाथि कुटपिट भएको हो ।

उनीहरुलाई सीमा नाका सँगैको भारतीय गाउँ पर्सौनाका भारतीयहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ। दुई प्रहरीलाई कुटपिट गर्दै दुईसय मिटर दक्षिणतर्फ लखेटेको अवस्थामा नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले उद्धार गरेका थिए।

कुटपिट गर्नेमध्येका ३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा क्षेत्रमा आवतजावत बन्द गराउन प्रहरीले कडाइ गरेको भन्दै उनीहरुले कुटपिट गरेको हुनसक्ने सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए। सिमामा कडाइ गरेको भन्दै केही समयदेखि उक्त क्षेत्रका भारतीय युवाले प्रहरीलाई धम्की दिदै आएका थिए ।

घटनाका विषयमा अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित: Apr 28, 2020| 10:00 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।