बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्विटरमा फर्किंदै पूर्वसचिव उपाध्यायले भने– वाक स्वतन्त्रताका लागि आवाज उठाउने सबैलाई धन्यवाद

ट्विटरमा फर्किंदै पूर्वसचिव उपाध्यायले भने– वाक स्वतन्त्रताका लागि आवाज उठाउने सबैलाई धन्यवाद

साइबर अपराधको अभियोगमा ६ दिन हिरासतमा बसेर हिजो (सोमबार) मात्रै धरौटीमा रिहा भएका नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले वाक स्वतन्त्रतताको पक्षमा आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

साइबर अपराधको अभियोगमा ६ दिन हिरासतमा बसेर हिजो (सोमबार) मात्रै धरौटीमा रिहा भएका नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले वाक स्वतन्त्रतताको पक्षमा आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्।

आज बिहान ट्विट गर्दै उनले भनेका छन्, '६ दिनपछि म न्यायिक हिरासतबाट हिजो मुक्त भएँ। बलिल आज सात दिनमा ट्विटरमा पुनः उपस्थित भएको छु। मेरो रिहाइमा र लोकतन्त्रको मूल आधार वाक स्वतन्त्रताको पक्षमा आवाज उठाउने सबै मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दछु।'

उपाध्याय हिजोमात्रै २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सुनुवाइ गर्दै उपाध्यायलाई धरौटीमा छोड्न आदेश दिएको थियो।

गएको बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई उनकै निवास ललितपुरबाट पक्राउ गरेको थियो।

सरकारले उनीविरूद्ध साइबर अपराधको मुद्दा चलाएको छ। उपाध्यायले सरकारका गलत क्रियाकलापको सामाजिक सञ्जालमार्फत् विरोध गर्दै आएका थिए।

 

प्रकाशित: Apr 28, 2020| 07:36 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।