बिहीबार, भदौ ४, २०८३

बाबुरामले भने- मासिने बेलामा कमिलाको पखेटा लाग्छ

पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्।

रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् । 'मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे ! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिएवापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने भन्ने वाचा गर्न लगाएछ । पञ्चायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हैन त ?' भट्टराईले ट्विट गरेका छन्।

रेडियो नेपालबाट प्रशारित लाइभ अन्र्तार्वामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेका थिए। त्यसप्रति रेडियो नेपालले दुःखमनाउ गर्दै क्षमायाचना गरेको छ र अब आइन्दा अतिथि चयनमा सावधानी अपनाइने बताएको छ।

प्रकाशित: Apr 27, 2020| 21:09 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।