बुधबार, जेठ २०, २०८३

बन्ने भयो वीरेन्द्रनगर र चौरजहारीमा रंगशाला

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण अघि सारेको छ।
 |  शनिबार, भदौ २६, २०७८

देव राना

देव राना

शनिबार, भदौ २६, २०७८

सुर्खेत- दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण अघि सारेको छ।

National life

दुई वर्षपछि यहाँ हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला, रुकुमपश्चिमको चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार तथा कभर्डहल निर्माण प्रक्रिया अगाडि बढाएको छ।

‘रंगशाला निर्माणका लागि टेण्डर प्रक्रिया सकिएको छ। विदेशसहित ६ वटा कम्पनीहरु रंगशाला निर्माणगर्न इच्छुक छन्,’ प्रदेश खेलकूद परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले भने, ‘अब एक महिनाभित्र निर्माण कम्पनी छनोट टुङ्गाएर तिहारलगत्तै काम थाल्छौं।’

रंगशाला निर्माणका लागि तोकिएको समयभित्र विदेशी र स्वदेशी कम्पनीहरुले संयुक्त रुपमा प्रस्ताव पेश गरेका छन्।

प्रस्ताव पेश गर्ने कम्पनीहरुमा एमएसी/जीएसएल जेभी, रविन/एसके जेभी, कालीका–पकार जेभी, जीआइटीसी/वीडीटीएनएस जेभी, केसीडीसी/जीसीजीसीवीडी भेजी र डेनफी हेनन् जेभी छन्।

Shivam cement
रंगशाला निर्माण भएपछि कर्णालीमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। प्रादेशिक रंगशालालाई कर्णाली सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि सारेको छ।
रंगशाला निर्माणका लागि परिषद्ले गत असार ३१ गते ग्लोवल टेण्डर आह्वान गरेको थियो। प्रस्ताव पेश गरेका कम्पनीहरुको परिषद्ले एक महिनाभित्र प्राविधिक मूल्याङ्कन टुङ्गाउने छ।

दुई अर्ब रुपैयाँ बराबरको लागतमा तीन वर्षभित्र रंगशाला निर्माण गरिसक्ने परिषद्को लक्ष्य छ।

वीरेन्द्रनगरको कुइनेपानी नजिक रहेको नौ विगाह क्षेत्रफलमा प्रादेशिक रंगशाला निर्माण गरिनेछ। अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय स्तरका प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण गरिनेछ।

रंगशालामा स्टेडियम, फुटवल मैदान र एथलेक्टिस ट्रयाक, स्वीमिङ पुल, १५ सय दर्शक अट्ने कबर्ड हल, ह्याण्ड बल, बास्केट बललगायतका आउटडोरका प्रतियोगिताहरु गर्न सकिनेछ।

रंगशालाभित्र १० हजार दर्शक अट्नेछन्। रंगशालाको पूर्व र दक्षिणतर्फ व्यावसायिक प्रयोजनका लागि एकसय २० वटा सटरहरु राखिने छ।

रंगशाला निर्माण भएपछि कर्णालीमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। प्रादेशिक रंगशालालाई कर्णाली सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि सारेको छ।

त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा क्षेत्रीय रंगशाला निर्माण प्रक्रिया पनि अगाडि बढाइएको छ।

चौरजहारी नगरपालिका नम्बर २ मा निर्माण हुने क्षेत्रीय रंगशालाको लागि जग्गा प्राप्ति र डीपीआर निर्माण थालिएको छ।

डीपीआर बनेलगत्तै रंगशाला निर्माणको लागि टेन्डर गरिने खेलकुद् परिषद्ले जनाएको छ। त्यस्तै प्रदेशका सबै जिल्लाहरुमा तोकिएका रंगशालाहरु निर्माणका लागि सम्बन्धित जिल्लामा अख्तियारी दिइएको छ। प्रतियोगितालाई लक्षित गर्दै प्रदेश सरकारले चालू आर्थिक वर्षमा खेलकूदका क्षेत्रमा ५९ करोड छुट्याएको छ।

बजेटमध्ये प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड रकम पूर्वाधार निर्माणमा छुट्याएको छ।

प्रकाशित: Sep 11, 2021| 06:26 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।