बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शेरचनद्वारा सयौँ परिवारलाई खाद्यान्न सहयोग, स्वास्थ्यकर्मीलाई पीपीई

शेरचनद्वारा सयौँ परिवारलाई खाद्यान्न सहयोग, स्वास्थ्यकर्मीलाई पीपीई

बागलुङका कांग्रेस नेता जितबहादुर शेरचनले कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका सयौँ परिवारलाई सहयोग गरेका छन्।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

बागलुङ- बागलुङका कांग्रेस नेता जितबहादुर शेरचनले कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका सयौँ परिवारलाई सहयोग गरेका छन्।

गत उप निर्वाचनमा बागलुङ क्षेत्र नं. २ (ख) बाट पराजित शेरचले जिल्लाका सयौँ परिवारलाई सहयोग गरेका हुन्।

उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसिखोला गाउँपालिकामा खाद्यान्न, साबुन, स्यानिटाइजरलगायतका सामग्री बाँडेका छन्। त्यस्तै उनले स्वास्थ्यकर्मीका लागि मास्क, पञ्जा, पीपीई लगायतका सामग्री सहयोग गरेका छन्।

सहयोगको आवश्यकता भएका सम्पूर्ण परिवारलाई चामल, तेल, नुन, साबुन लागायत अति आबस्यक सामग्री स्थानीय टोलटोल र घरघरमै पुगेर वितरण गरेका छन्।

उनले बाग्लुङ क्षेत्र नं. २ क का सम्पूर्ण स्वास्थ्य केन्द्रहरुलाई पीपीईलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका छन्।

अहिलेसम्म उनले १२० क्विन्टल चामल, तेल ६०० लिटर, नुन ६०० किलो, साबुन ६०० थान वितरण गरेका छन्।

शेरचनले ४० थान पीपीई, ५०० थान मास्क, ५०० थान पन्जा, ५०० थान हेड सेट, २५० थान स्यानिटाइजर लगायत गरी दश लाख बराबरको सामाग्री बितरण गरेका जानकारी दिए।

उनले चुनावमा हारजित जे भए पनि आफू बागलुङबासीको हरेक सुखदुखमा साथ दिने व्यक्ति भएकाले सहयोग गर्न अघि सरेको बताए।

स्थानीयलाई सहयोग गर्न उनले विभिन्न संघ संस्थाबाट समेत सामान संकलन गरेको जानकारी दिए।

सहयोगका लागि प्रभु ग्रुप, सुमेग ट्राभल, आरबी ओभरसिज, एलिस रेस्टुरेन्ट, विकास शेरचनलगायतबाट आफूले साथ पाएको जानकारी दिए।

उनको यो अभियानलाई कांग्रेसका पूर्व महासमिती सदस्य अर्जुन शेरचन, कांग्रेस बाग्लुङ २ ख सभापति नरजङ्ग घर्ती, ऋषिराम कंडेल, गण्डकी थापा अधिकारी, नबिन शेरचन लगायतले सहयोग गरेका छन्।

प्रकाशित: Apr 27, 2020| 19:13 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।