बिहीबार, भदौ ४, २०८३

ओली र नेपाल पक्षबीचको वार्तामा जुटेन सहमति

सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार पक्षबीच भएको वार्ता विनानिष्कर्ष सकिएको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार पक्षबीच सोमबार भएको वार्ता विनानिष्कर्ष सकिएको छ।

नेपाल पक्षले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गरेको थियो। तर, ओली पक्षधरले भने सबै समस्याको सामाधन गरेपछि मात्रै बैठक बोलाउन सकिने अडान लिएकाे छ।

वार्तामा सहभागी नेपाल पक्षका नेता भीम रावलका अनुसार छलफलमा सबै समस्या समाधानका लागि सचिवालय र स्थायी कमिटी बैठक बोलाउन सुझाव दिइएको छ। तर, ओली पक्षले अस्वीकार गरेको छ। रावलका अनुसार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव बैठकमा उठेको छैन। तर नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागू गर्ने अडान लिएका थिए।

साेमबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु छलफलमा जुटेका थिए।

बैठकमा ओली पक्षबाट उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत तथा नेपाल पक्षबाट स्वयम् नेपाल, रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।

प्रकाशित: Apr 27, 2020| 18:46 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।