बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुद्ध एयरको हवाई सुरक्षा निर्देशिका : शौचालय र क्याटरिङ सेवा बन्द

बुद्ध एयरको हवाई सुरक्षा निर्देशिका : शौचालय र क्याटरिङ सेवा बन्द

वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोना संक्रमण रोकथामका लागि सुरक्षा निर्देशिका बनाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं - वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोना संक्रमण रोकथामका लागि सुरक्षा निर्देशिका बनाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।

सुरक्षा निर्देशिका अनुसार कोरोनाको संक्रमण फैलन नदिनका लागि अब जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने भएको छ। खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइएको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले आगामी हवाई उडानमा क्याटरिङ सेवा बन्द गर्नेछ। एक वा दुईजना एयर होस्टेसले धेरैजना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले संक्रमण फैलन सक्ने भएकाले यस्तो व्यवस्था गरिने भएको हो।

बुद्धले यात्रुको सुरक्षालाई ध्यानमा राखी स्वासप्रस्वाससम्बन्धी बिरामी तथा रुघाखोकी, जीउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने पनि जनाएको छ।

उडानका क्रममा उपयोग हुने र्याम्पबसमा सीमित मात्रमा यात्रु चढाइनाका साथै जहाजमा चढ्नुपूर्व सबै यात्रुले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ। त्यसैगरी जहाजमा घरपालुवा जनावर लैजान दिइनेछैन। विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ। यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्ना सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने जनाएको छ।

हवाई यात्रुका लागि तोकिएको यो सुरक्षा निर्देशिका विश्व स्वास्थ्य संगठनले महामारीको जोखिम नहटाएसम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Apr 27, 2020| 16:36 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।