बिहीबार, भदौ ४, २०८३

विराटनगरबाट आएका यात्रु उतै पठाउने निर्णय

लकडाउनको समयमा विराटगरबाट काठमाडौं आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- लकडाउनको समयमा विराटगरबाट काठमाडौं आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ।

काठमाडौंमा मान्छे ल्याउने सरकारको नीति नभएको भन्दै प्रशासनले थानकोटमा करिव ११ घण्टादेखि अलपत्र यात्रुलाई विराटनगर फिर्ता पठाउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समन्वयबिना नै आएकाले उनीहरुलाई विराटनगर नै फर्काउने निर्णय गरिएको जानकारी दिए।

बिरामीबाहेक अरुलाई लकडाउनको समयमा काठमाडौं ल्याउने नीति नभएकाले उनीहरुलाई विराटनगर नै फर्काउने निर्णय भएको दाहालले बताए।

काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन विराटनगर महानगरले आइतबार सातवटा बस पठाएको थियो। उक्त बसमा काठमाडौं आउन चाहने १ सय ६० जनालाई पनि पठाएको थियो। प्रहरीले उनीहरुलाई थानकोटमै रोकेको छ।

उनीहरु बिहान करिव ६ बजेतिर थानकोट आइपुगेका हुन्। गृह मन्त्रालयले लकडाउनलाई कडाई गर्न भन्दै सोमबारबाट यात्रु ओसार्ने कार्यमा कडाई गरेको छ।

अत्यावश्यक सवारी साधन र पासबाहेक अरु सवारी साधन चल्न नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र जिल्ला प्रशासनलाई पत्ररिपत्र गरेको छ।

पछिल्लो समय विशेष गरी राजधानी काठमाडौंमा अलपत्र परेकाहरुलाई सम्बन्धित पालिकाहरुले बसको व्यवस्था गरेर यात्रु लैजाने गरिरहेका छन्।

प्रकाशित: Apr 27, 2020| 16:24 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।