बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्दै सिंगापुर, सम्हालिँदा-सम्हालिँदै कसरी चिप्लियो ?

कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्दै सिंगापुर, सम्हालिँदा-सम्हालिँदै कसरी चिप्लियो ?

केही समय अघिसम्म पनि कोरोना भाइरस संक्रमण रोक्ने मामलामा सिंगापुरको तारिफ हुन्थ्यो। तर, अहिले स्थिति बिग्रिएको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

कोरोना भाइरस संक्रमणको नयाँ हटस्पट बन्दैछ सिंगापुर। केही समय अघिसम्म पनि कोरोना भाइरस संक्रमण रोक्ने मामलामा सिंगापुरको तारिफ हुन्थ्यो।

तर, अहिले स्थिति बिग्रिएको छ। ५० लाख जनसंख्या भएको सिंगापुरमा १३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। त्यहाँ दैनिक हजारौंको कोरोना परीक्षण भइरहेको छ।

बीबीसीका अनुसार सिंगापुरमा कार्यरत प्रवासी मजदुरको परीक्षणमा जोड दिइएको छ। त्यहाँ पहिलो चरणको संक्रमण प्रवासी कामदारमै देखिएको थियो।

सिंगापुरको निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो श्रमिक दक्षिण एसियाली मुलुकका छन्। उनीहरु प्रायः समूहमा बस्छन् । र, यसरी बस्दा संक्रमण तीव्र गतिमा फैलिन्छ।

आइतबार (हिजो) सिंगापुरमा ९३१ नयाँ संक्रमण देखियो। यसमा धेरैजसो विदेशी कामदार छन्।

सिंगापुरले परीक्षणको दायरा बढाइरहेको छ। गत साता प्रधानमन्त्री ली सीन लुङले देशवासीका नाममा सम्बोधन गर्दै देशमै टेस्ट किट बनाउने र बाहिरबाट पनि मगाइने बताएका थिए। त्यसैगरी स्वास्थ्यमन्त्री जान किम योङले विभिन्न किसिमका परीक्षण विधि अपनाउने बताएका छन्।

चीन र भारतपछि सबैभन्दा बढी संक्रमित सिंगापुरमा छन्। जबकि यी दुवै देशको जनसंख्या सिंगापुरको भन्दा कैयौं गुणा बढी छ। आफ्नो देशका जम्मा १५ जना नयाँ संक्रमित भेटिए।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक अपडेट गरिरहेको वेबसाइट वर्ल्डओमिटरका अनुसार सिंगापुरमा सोमबार दिउँसोसम्ममा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 27, 2020| 14:56 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।