बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना : अमेरिकामा ५५,१४५ र युरोपमा १ लाख २२ हजारको मृत्यु

कोरोना : अमेरिकामा ५५,१४५ र युरोपमा १ लाख २२ हजारको मृत्यु

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झन्डै ३० लाख मानिस संक्रमित भएका छन्।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

जेनेभा – महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झन्डै ३० लाख मानिस संक्रमित भएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार सोमबार मध्याह्नसम्म संयुक्त राज्य अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ। २४ घण्टाको अवधिमा १ हजार ३३० जनाको मृत्यु भएको छ।
यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५५ हजार ४१५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकमा मृतकको संख्या १ लाख २२ हजारको हाराहारीमा पुगेको छ।

हालसम्म विश्वभर ८ लाख ८१ हजार ५६१ जना उपचारपछि घर फर्किएका छन्। अझै पनि ५७ हजार ६१३ जनाको स्वास्थ्य अवस्था निकै नाजुक अवस्थामा छ। हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ५० हजार अर्थात् झन्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ।

युरोपेली मुलुकमध्ये इटालीमा २६ हजार ६४४ जना, स्पेनमा २३ हजार १९० जना र फ्रान्समा २२ हजार ८५६ को मृत्यु भएको छ। बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९७६ जना र नेदरल्यान्ड्समा ४ हजार ४७५ जनाको मृत्यु भएको छ भने स्विडेनमा २ हजार १९४ जना, स्विट्जरल्यान्डमा १ हजार ६६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९०३ जना तथा रसियामा ७४७ जनाको मृत्यु भएको छ।

यसैगरी, इरानमा ५ हजार ७१० जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार २८६ जना, टर्कीमा २ हजार ८०५ जना र क्यानाडामा २ हजार ५६० जनाको मृत्यु भएको छ। सार्थ मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ८८४, इन्डोनेसियामा ७४३ जना र इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ

दक्षिण एसियाली मुलुक भारतमा ८८४, पाकिस्तानमा २८१, बंगलादेशमा १४५, अफगानिस्तानमा ५० र श्रीलंकामा ७ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 27, 2020| 13:50 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।