बिहीबार, भदौ ४, २०८३

अस्पतालमै खिल्ली उडाइँदै छ सामाजिक दूरीको

जनकपुरधाम– विश्वभर फैलिएको कोरोना महामारीका कारण अहिले नेपाल पनि बन्दाबन्दी (लकडाउन) मा छ । कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्न सरकारले अनुरोध गरेको छ ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

जनकपुरधाम– विश्वभर फैलिएको कोरोना महामारीका कारण अहिले नेपाल पनि बन्दाबन्दी (लकडाउन) मा छ । कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्न सरकारले अनुरोध गरेको छ ।

तर, कोरोना संक्रमण फैलिरहेको बेला प्रादेशिक अस्पताल जनकपुरभित्रै सामाजिक दूरीको मजाक बनाइएको छ । बालबालिकाको लागि संघीय सरकारले सञ्चालनमा ल्याएको नियमित खोप दिलाउन प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा सामाजिक दूरीको परवाह नगरी सयौंको संख्यामा अभिभावकहरु पुगेका छन् ।

यसअघि वडा कार्यालयमार्फत् बालबालिकालाई खोप दिइए पनि यसपटक उपमहानगरपालिकाले चासो नदिँदा प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा भीडभाड बढेको हो ।

संस्थागत क्लिनिकमा भीडभाड बढे पनि दूरी कायम गराइएको छैन । खोप लिने साना बालबालिकाहरु रहेकोले भीडभाडमा उनीहरु थप जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

संघीय सरकारको परिपत्रअनुसार गत शुक्रबारदेखि नियमित खोप सञ्चालन भए पनि उपमहानगरले बालबालिकाहरुलाई वडामा खोप दिने व्यवस्था नगरेपछि संस्थागत क्लिनिकमा भीडभाड बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादवले बताए ।

‘खोप सञ्चालन गर्न बिहीबार संघीय सरकारको पत्र हामीलाई प्राप्त भयो। शुक्रबारदेखि वडाहरुमा खोप सञ्चालन गर्न स्थानीय तहहरुलाई जानकारी गराइसकिएको छ,’ उनले भने, ‘वडाहरुमा खोप सञ्चालन नभएपछि संस्थागत क्लिनिकमा भीड बढेको छ ।’ वडा कार्यालयमै खोप सञ्चालन गराउन आफूहरुले सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिकाका खोप शाखाका प्रमुख उमेश रायले जनशक्ति अभावका कारण वडाहरुमा खोप सञ्चालन हुन नसकेको बताए । ‘दुईजना कर्मचारी छन्, बालबालिकालाई खोप दिने कि सामाजिक दूरी कायम गराउने,’ रायले भने, ‘वडा कार्यालयहरुमा भीडभाड बढी हुने भएपछि खोप सञ्चालन गर्न कठिनाइ भएको छ ।’

जनशक्ति थप्ने कुरा भइरहेको बताउँदै उनले आगामी महिनादेखि पुनः वडाहरुमै खोप सञ्चालन गरिने उल्लेख गरेका छन् ।

 

प्रकाशित: Apr 27, 2020| 13:19 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।